डलरको भाउमा आज नयाँ रेकर्ड

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ असोज । अमेरिकी डलरको भाउले आज पनि रेकर्ड कायम गरेको छ । गत शुक्रबार रेकर्ड कायम गरेको डलरको भाउले आज त्यस रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सटही दर अनुसार आइतबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । शुक्रबार १२८ रुपैयाँ ६७ पैसासहित रेकर्ड बनाएको अमेरिकी डलरले आज १ रुपैयाँ २२ पैसा थप भएर १२९ रुपैयाँ ८९ पैसाको नयाँ रेकर्ड कायम गरेको हो ।

बैंकका अनुसार हाल अमेरिकी फेडरल रिजर्भले ब्याज बढाएका कारण डलरको भाउमा असर परेको छ । यसैगरी ताइवानका विषयमा अमेरिका र चीनबीच बढ्दो विवादले पनि डलरको भाउमा प्रभाव पारेको बुझिएको छ । धेरै देशमा आर्थिक मन्दी आएको कारणले डलरको सञ्चिति बढाएका कारण माग बढ्नुलाई पनि अर्को कारकका रुपमा लिइएको छ ।

तर पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई डलरको भाउ महंगिँदा फाइदा हुन्छ । समग्र अर्थतन्त्रमा प्रभाव पार्ने आयात तथा विदेशी ऋणको भार डलर महंगो भएका कारण बढ्ने भएकाले यसले सकारात्मक भन्दा नकारात्मक प्रभाव नै बढी पार्ने देखिएको छ ।