सुनचाँदीको भाउ निरन्तर ओरालो

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ १००० तथा चाँदीमा रुपैयाँ ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाल सुनको भाउ तोलामा रुपैयाँ १००० ले घटेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भएर तोलाको ९१ हजार ३०० मा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले गिरावट भई तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।