
काठमाडौं, ९ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले घटेको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ महिनासम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार व्यापार घाटामा ९.४५ ले कमी आएको हो ।
यसबाहेक भदौसम्म आयात, निर्यात, समग्र वैदेशिक व्यापारको आँकडा तथा समग्र व्यापारमा निर्यातको हिस्सा पनि ऋणात्मक देखिएका छन् । सार्वजनिक गरिएको विवरण अनुसार आयातमा १३.०१ प्रतिशत तथा निर्यातमा ३४.८८ प्रतिशतले कमी आएको छ । यसैगरी समग्र वैदेशिक व्यापारको आँकडामा १५७० प्रतिशत तथा तथा समग्र व्यापारमा निर्यातको हिस्सामा २२.७५ प्रतिशतले कमी आएको पाइएको छ ।

अघिल्लो आर्थिक वर्षको भदौ महिनासम्ममा ३ खर्ब १४ करोड ५१ बराबरको सामान आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा आयात रकम घटेर २ खर्ब ७३ करोड ५९ करोड रुपैयाँमा झरेको छ ।
निर्याततर्फ गत आर्थिक वर्षको शुरुरुवाती दुई महिनामा ४४ अर्ब ३ करोड ९५ लाख बराबरको आँकडा रहेकोमा यो आर्थिक वर्षको भदौसम्म घटेर २८ अर्ब ६८ करोड ४ लाख मा झरेको विवरणले देखाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




