
काठमाडौं, ९ असोज । साताको पहिलो कारोबार हुने दिन आईतबार आज सेयर बजार राताम्मै भएको छ । ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने परिसूचक ऋणात्मक भईरहँदा कारोबार रकम १ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेको छ । नेप्सेमा १.३० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले घटेर ३५५.६० विन्दुमा रहेको छ ।

यसदिन कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ४० लाख १४ हजार ४१९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७२ करोड ४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनहिरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको २६ करोड २ लाख ५७ हजार ५१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन २ वटा कम्पनी अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरमा सकारात्मक सर्किट लागेकाे छ। तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ७.९० प्रतिशतले घटेर ३ सय ५२ रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




