रुपन्देहीमा गएराति कोरोनाबाट ३ जनाको मृत्यु

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



बुटवल, २५ असोज । रुपन्देहीमा कोरोना संक्रमणबाट गएराति एकै पटक ३ जनाको मृत्यु भएको छ ।

बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनलाई शनिबार स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

यस्तै, कोरोना विशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुुदर्शन थापाले जानकारी दिए ।

बुटवल–११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ मा कोरोना पुष्टि भई कोरोना विशेष अस्पतालमा भर्ना भएकी उनको गएराति मृत्युु भएको हो ।

यो सहित कोरोना संक्रमितमध्ये रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।