एनआईसी एशिया बैंकको डिजिटल ट्याक्सी अभियान

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



पाेखरा, ९ असाेज । गण्डकी प्रदेशका ट्याक्सीहरुलाई डिजिटल कारोबारमैत्री बनाउने अभियानसहित एन आई सी एशिया बैंकले गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लिमिटेडअन्तर्गत सञ्चालित ट्याक्सीहरुलाई निःशुल्क क्युआर कोड हस्तान्तरण शुरु गरेको छ ।

सवारीसाधन तथा यातायात क्षेत्रमा डिजिटल कारोबार बढाउने अभियानसहित बैंकले पोखराका ४ सय बढी ट्याक्सीलाई क्युआर कोड प्रदान गरेको हो । एक कार्यक्रमबीच बैंकका निक्षेप तथा डिजिटल ब्यवसायका गण्डकी प्रदेश व्यवस्थापक शालिकराम गिरीले गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लिमिटेडका अध्यक्ष गान्धिराज गिरीलाई क्युआर कोड र स्टीकर हस्तान्त्रण गरे।

यस अभियानले पोखरा महानगरपालिका क्षेत्रमा डिजिटल कारोबार बढाउन सहयोग पु¥याउने बैंकले जनाएको छ । बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै बैंकले देशका हरेक क्षेत्रमा डिजिटल भुक्तानी सेवालाई बिशेष अभियान नै चलाईरहेको बताए।

बैंकले हाल क्यूआर कोड सेवा प्राप्त गर्न सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई शून्य मौज्दातमै १ वर्षका लागि १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमासमेत उपलब्ध गराउँदै आएको छ ।

एन आई सी एशिया बैंकका मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टरहरु छन् ।