पोखरामा स्कूटर ठक्करबाट एक युवतीको मृत्यु

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ असोज । पोखरामा गएराति जीपले स्कूटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

भूपि शेरचन राजमार्गअन्तर्गत पोखरा–२ बागलुङ बसपार्कमा गएराति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बोलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छे गाउँपालिका वडा ७, धम्पुसकी २६ वर्षीया तारा बिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार दुर्घटनामा घाइतेलाई उपचारार्थ फिस्टेल अस्पताल, गैह्रापाटन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीले जीपचालक गोरखा आरुघाटका २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

अघिल्लो सातामात्रै भूपि शेरचन राजमार्गअन्तर्गत कास्कीको नयाँपुलमा स्कुटर ठक्करबाट एक युवकको मृत्यु भएको थियो ।