
कैलाली, ९ असोज । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-९ शंकरपुरमा पूर्व-पश्चिम राजमार्गबाट करिब ५०० मिटर दक्षिण भित्र जाने मुख्य सडकबाटै देखिन्छ ढकाल कृषि फार्म । त्यसैको छेउमा एउटा चिटिक्क परेको किराना पसल पनि छ । यो स्थानीय टुका देवी ढकालको कृषिफार्म हो । उनको मुख्य पेशा अहिले व्यावसायिक रुपमा गाईभैंसी पाल्नु रहेको छ । आफ्नो परिवारसहित गाईभैंसी पाल्दै आएकी ढकालले सँगै किराना पसल पनि चलाउँदै आएकी छिन् ।
ढकालले अहिले व्यावसायिक गाईभैंसी पालन गरेर घर व्यवहार चलाउनुका साथै राम्रै आम्दानी पनि गरिरहेकी छिन् । यसबाट उनले आफूमात्र नभई श्रीमान तथा बुहारीहरुलाई समेत स्वरोजगार बनाएकी छिन् । यो सफलतामा मुख्य हात रहेको छ ग्लोबल आइ।एम।ई। लघुवित्त वित्तीय संस्था लिमिटेडको ।
हिजोका कष्टपूर्ण दिनहरु सम्झँदै ढकाल सुनाउँछिन्, ‘मलाई आजको अवस्थामा पुरयाउनुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीको ठूलो हात छ । काम गर्ने इच्छा जाँगर भए कमाई गर्न विदेश नै जानु पर्छ भन्ने छैन । स्वदेशमा नै केही गर्न सकिन्छ ।’
२०२४ सालमा बुबा टिका राम पाण्डे र आमा महेश्वरी पाण्डेको कोखबाट उनको जन्म भएको थियो । उनी लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला देवदह नगरमा आफ्ना आमाबाबुका पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । उनलाई सामान्य लेखपढ गर्न मात्र आउँछ ।

उनी २०७५ सालमा ग्लोबल आइएमई लघुवित्त संस्थाको शाखा कार्यालय मसुरिया अन्तर्गत केन्द्र नम्बर-०४५ मा उनी आबद्ध भइन् । त्यसपछि उनले पहिलो पटक त्यसै वर्षको भदौमा बिनाधितो ६० हजार रुपैयाँ कर्जा लिइन् ।
त्यसबाट एउटा भैंसी किनेर भैंसी पालन सुरु गरेकी ढकालसँग हाल ७ वटा भैंसी, ३ वटा पाडा, २ वटा गाई, २ वटा बाच्छी र ३ वटा बाख्रा रहेका छन् । यसबाट उनको मासिक आम्दानी ५० हजार रुपैयाँ हाराहारी हुने गर्दछ ।
पहिलो पटक बिनाधितो कर्जा ६० हजार ऋण लिएकी ढकालले त्यसपछिका दिनमा आवश्यकता ग्लोबल आईएमई लघुवित्तबाटै पटक पटक बिना धितो अरु कर्जा पनि लिइन् । हाल उनले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाटै ३ लाख रुपैयाँ कर्जा लिएर आफ्नो गाईभैंसी फार्ममा उपयोग गरिरहेकी छिन् ।
व्यवसाय सञ्चालनका लागि चाहिने पुँजी जुटाउन पर्याप्त श्रोत नहुनेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराएर व्यवसाय सञ्चालन गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




