
काठमाडाैं, १० असाेज । सिक्लेस हाइड्रोपावरकाे सेयर भाेलिमंगलबार बाँडफाँड गरिने भएकाे छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर बाँडफाँड गरिेने भएको हाे।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले सेयर बिहान ९ बजे बाँडफाँड हुने जानकारी दिएकाे छ । यसैकाे लागि शुक्रबार प्रि अलटमेन्ट सकेर मंगलबारका लागि सेयर बाँडफाँड गर्ने तयारी गरिएकाे हो ।
सिक्लेस हाइड्रोपावरकाे सेयरमा १५ लाख ३८ हजार ८३८ वटा आवेदन परेकाे थियाे । यसबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयर माग गरेकाे देखिन्छ । जाे सर्वसाधारणका लागि निष्काशन गरिएकाे १० लाख ५८ हजार कित्ता सेयरकाे १६.२९ गुणा धेरै हो ।
कम्पनीले प्रतिकित्ता रू १०० अंकित दरमा ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाेमा ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी रहेकाे १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणको लागि रहेकाे छ ।
सेयरमा माग भन्दा बढी आवेदन पेश भएकाेले बाँडफाँड गोलाप्रथाबाट हुनेछ । लगानीकर्ता प्रत्येकले १० कित्ताको दरले सेयर पाउनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




