
काठमाडौं, ११ असाेज । अमेरिकी डलरको भाउ लगातार उकालाे लाग्ने क्रम राेकिएकाे छैन । आज पनि अमेरिकी डलरकाे भाउले नयाँ उचाई कायम गरेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ।
राष्ट्र बैंकले यसदिन अमेरिकी डलरको भाउ १ काे खरिद दर १३० रुपैयाँ ९० पैसा पुगेको जनाएकाे छ। यसकाे बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेकाे छ। नयाँ दर नआउँदासम्म अब १ डलर साट्नका लागि नेपाली रुपैयाँ १३० रुपैयाँ ९० पैसा तिर्नुपर्नेछ ।
यहीबीचमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याज बढाएको छ । जसकाे कारण डलरको भाउमा प्रभाव परेकाे छ । अमेरिका र चीनबीचकाे बढ्दाे विवाद र यूक्रेन रसिया युद्धलगायतका कारणहरुले विश्वभर आर्थिक मन्दी भएकाे छ । याे पनि डलरको भाउ बढ्नुकाे एक कारण रहेकाे छ ।

राष्ट्र बैंकले यसदिनका लागि ताेकेकाे विदेशी विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० काे खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेकाे छ ।
अमेरिकी डलर १ काे खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाा ९० पैसा कायम भएकाे छ । यूराे १ काे खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा रहेकाे छ ।
पाउण्डष्ट्रलिङ १ काे खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेकाे छ । स्वीस फ्य्राङ १ काे खरिद दर १३१ रुपैया ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेकाे छ ।
अष्ट्रेलियन डलर १ काे खरिद दर ८४ रुपैयाँ ७४ पैसा र बिक्री दर ८५ रुपैयाँ १३ पैसा रहेकाे छ । क्यानेडियन डलर १ काे खरिद दर ९० रुपैयाँ ७९ पैसा र बिक्री दर ९१ रुपैयाँ २० पैसा रहेकाे छ ।
जापनी येन रु १० काे खरिद दर ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैया ८ पैसा रहेकाे छ भने चाइनिज यूआन १ काे खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २८ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




