सुनको मूल्य तोलामा ८ सयले बढ्यो

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । सुनको मूल्य ८ सयले बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।