
काठमाडौं, ११ असाेज । लगातार ओरालो लागेको सेयर बजारमा मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । १३ उपसमूहमध्ये दुईमा बाहेक बाँकी ११ वटामा हरियो लागेको छ ।
नीतिगत समस्या, बैंकहरुको ब्याजदर तथा सरोकार राख्ने निकायहरुबीचको आपसी अन्तरविरोध लगायतका घटनाक्रमले प्रभावित हुँदै आएको सेयर बजारको आजको सकारात्मक लयले लगानीकर्ताहरुमा केहि होला कि भन्ने आशा बढाएको छ ।
अर्काेकुरा पछिल्लाे पटक अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लिइरहेकाे ब्याजदरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएपछि लगानीकर्तामा उत्साह जागेकाे छ । ब्याजदरकाे अध्ययनका लागि अर्थमन्त्रालयले समिति गठन गरिसकेकाे छ ।
आर्थिक क्षेत्रमा देखिएका समस्या तथा व्यवसायमा परेकाे असरका बारेमा अध्ययन गरेर एक हप्तामा सुझाव दिनका लागि समिति पनि गठन भइसकेकाे छ । अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजक रहेकाे समितिले तरलता अभावलगायतका बारेमा सल्लाह गरेर सुझावसहित ७ दिनमा प्रतिवेदन बुझाउने भएाे छ । यसैकाे बारण पनि सेयर बजार हरियाेकाे संकेत देखिएकाे हाे ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.९२ अंकले बढेको छ । यसरी बढेको नेप्से १८३१.०५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५४ अंकले बढेर ३५८.१४ विन्दुमा पुगेको छ ।
यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । २१ लाख हजार ७४२ कित्ता सेयरको कारोबारबाट ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख ३१ हजार ४४७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




