आशा लघुवित्तकाे लिलामी सेयरमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असाेज । आशा लघुवित्त वित्तीय संस्थाले ४ गतेदेखि बिक्रीमा ल्याएकाे लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन बाँकी रहेको छ।

संस्थाले ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीका लागि ल्याएकाे हाे । साे सेयरमा लघुवित्तका संस्थापक सेयरधनीले बोलपत्र दिन पाउनेछन् । साथै अन्य व्यक्ति र विभिन्न संघ संस्थाहरुले बोलपत्र पेस गर्न पाउनेछन्। 

लिलामी बिक्रीमा ल्याइएकाे सेयरकाे मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ रहेकाे छ । सेयरमा बाेलकबाेल लागि सेयर लगानीकर्ताले घटीमा प्रतिकित्ता रु ३९५ र त्यसभन्दा माथिकाे रकम उल्लेख गरेर बोलपत्र दिनुपर्नेछ । 

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० हजार कित्ता र बढीमा ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र कमलादीमा रहेकाे प्रभु क्यापिटलकाे कार्यालयमा बुझाउन सकिनेछ।