नेप्से परिसूचक १३.३७ अंकले घट्यो, २ अर्ब ३९ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । साताको पहिलो दिन नेप्से १३.३७ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १३. ३७ अंकले घटेर १ हजार ५ सय ७६ दशमलव २७ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब ३९ करोड ५४ लाख बराबरको कारोबार भएको छ । आजअधिकांश जलविद्युत कम्पनीको करोबार बढी भएपनि मूल्य भने अधिकांश कम्पनीको घटेको छ ।