
काठमाडौं, १२ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबकार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । चार उपसमूहहरुमा राताे लागेकाे छ। उनीहरुकाेसेयर घटेकाे छ । बाँकी रहेका ९ वटा उपसमूहरुमा हरियो लागेको छ । उनीहरु सबैकाे सेयर बढेकाेछ ।
कारोबार वर्षकै सबैभन्दा न्यून भएपनि नेप्सेको सकारात्मक लयले लगानीकर्ताको मनोबल बढाएको छ । यसले लगानीकर्ताहरुमा बजार अब स्थिर रहला कि भन्ने अपेक्षा जगाएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३५ प्रतिशतले बृद्धि हुँदा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेर ३५९.५९ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । १३ लाख ७० हजार ४७७ कित्ता सेयरको खरिदबिक्रीबाट ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यसदिन ४ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ९ वटा उपसमूहमा हरियो लागेको छ । उनहिरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको संस्थागत सेयरको कारोरबार भएको छ । सो कारोबार ४ करोड ७५ लाख ९७ हजार ८४५ रुपैयाँ बराबरको भएको छ ।

मन्दाकिनी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.२० प्रतिशतले बढेर ३ सय ७४ रूपैयाँ पुगेकाे छ । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




