
काठमाडौं, १३ असाेज । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएकाे छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारि गरेकाे विदेशी विनिमय दर अनुसार अमेरिकी डलरकाे भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ काे खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेकाे छ । अघिल्लाे दिन अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३० पैसा रहेकाे थियाे । बिक्रीदर १३० रुपैयाँ ९० पैसा पुगेकाे थियाे ।
याे समयमा भारतीय रुपियाँ पनि कमजोर भएकाे छ । भारतीय रुिपयाँसँग नेपाली मुद्नाकाे विनिमय दर स्थिर कायम गरिएकाेले भारतीय मुद्रामा हुने उतारचढावकाे कारण नेपाली रुपैयाँकाे भाउमा पनि प्रभाव पर्ने गरेकाे छ । नेपालकाे अर्थतन्त्र आयातमुखी भएकाे कारणले डलरको भाउमा तलमाथि हुँदा त्यसकाे असर नेपाली मुद्रामा पर्दछ ।

राष्ट्र बैंकले आजका लागि भारतीय रुपियाँ १ काे खरिद दर रुपैंयाँ १०० काे खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेकाे जनाएकाे छ ।
अमेरिकी डलर १ काे खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा पुगेकाे छ । यूराे १ काे खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा रहेकाे छ ।
पाउण्स्ट्रलिङ डलर १ काे खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेकाे छ । स्वीस फ्यार्याङ्क १ काे खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेकाे छ ।
अष्ट्रेलियन डलर १ काे खरिद दर ८३ रुपैयाँ ९१ पैसा र बिक्री दर ८४ रुपैयाँ ३० पैसा रहेकाे छ । क्यानेडियन डलर १ काे खरिद दर ९० रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा रहेकाे छ ।
सिङ्गापुर डलर १ काे खरिद दर ९० रुपैयाँ ४५ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा रहेकाे छ । जापानी येन १० काे खरिद दर ९ रुपैयाँ द्४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा रहेकाे छ । चाइनीज युवान १ काे खरिद दर १८ रुपैयाँ ८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




