
काठमाडौं, १३ असोज । इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएकाे छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेकाे थियाे । त्यसपछि याे पटक पहिले बिक्री हुन बाँकीरहेकाे सेयरसहित थप गरेर बिक्रीमा ल्याउन लागिएकाे हाे ।
पहिले प्रतिकित्ता १०० अंकित दरमा ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएकाेमा ५० हजार ३१० कित्ता सेयर बिक्री भएकाे थिएन । उक्त सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरिने भएकाे हाे ।
साे सेयरबाट ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ । १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहने ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ता सेयरमा आवेदन दिन पाउनेछन्। यसका लागि कात्तिक १ गतेसम्म आवेदन दिन पाइनेछ । साे म्यादसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा कात्तिक १४ गतेसम्म आवेदन दिन पाइनेछ।
केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत हाे ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




