साधारणसभा डाक्ने सिटिजन्स बैंक इन्टरनेसन पहिलाे बैंक

-



     सफल आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित



काठमाडौं १३ असाेज । यस आर्थिक वर्षमा साधारणसभा बाेलाउने पहिलाे वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसन बनेकाे छ । बैंकले ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गर्न कार्तिक ४ गते १६औं साधारणसभा डाकेकाे छ।

साधारणसभा काठमाडाै‌ डिल्लीबजारमा रहेकाे अमृतभाेग पार्टी प्यालेसमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा यसअघि प्रस्ताव गरिएकाे ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव छलफलपछि पारित गरिने भएकाे छ ।

यस्तै सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग एकापसमा गाभ्ने, गाभिने वा प्राप्तिकाे काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्रकाे संशोधन, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरेर सभाबाट पारित गरिनेछ। 

बैंकले साधारणसभाकाे प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने जानकारी गराएकाे छ। यसका लागि असोज २७ गतेसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनीहरु साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसन यस आर्थिक वर्षमा साधारणसभा बाेलाउने पहिलो वाणिज्य बैंक भएकाे छ ।