
काठमाडौं, १३ असोज । विजया दशमीका पछिल्ला तीन दिनसम्म लगातार नेप्सेको मुहार छिटपुट बाहेक हरियो देखिएको छ । आज लगातार नेपाली सेयर बजारले सकारात्मक लय समातेकाे तेश्रो दिन हो ।
कुल कारोबार रकममा कमि देखिएपनि एउटा बाहेक ठूला कम्पनीहरुको कारोबार मापनमा एककाे बाहेक सबैमा हरियो लागेको छ । लामो समयपछि चाडबाडको बिचमा सेयर बजारले लिएको सकारात्मक लय पक्कै पनि लगानीकर्ताका लागि सुखद्को विषय बनेको छ । उनीहरुकाे मनाेबल बढेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेर ३६३.४२ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२३ कम्पनीको सेयर कारोबार भएको छ । चाडबाडको समय भएकोले पयिन होला सयर बिक्रमा पनि कमि देखिएको छ । कुनै समय करोड माथिको कित्ताको खरिदबिक्री हुने गरेकोमा पछिल्लो समयमा यो घटेर लाखमा झरेको छ ।
आज १७ लाख ०१ हजार ४८० कित्ता सेयरको खरिदबिक्रीबाट ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्येमा एउटामा बाहेक सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयरमूल्य बढेको छ । रातो लागेको एक मात्र उपसमूह जीवन बीमा रहेको छ । यस समूहको सेयरमूल्य घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको ४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसदिन अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर ४ सय ३८ रूपैयाँ ७० पैसा पुगेकाे छ । सामलिङ्ग पावर कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले घटेर ४ सय ६४ रूपैयाँमा झरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




