डलरको भाउ थाेरै घट्यो, कस्ताे छ अन्य देशकाे विनिमय दर ?

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असाेज । अघिल्लाे दिनकाे तुलनामा आज शुक्रबार अमेरिकी डलरको विनिमय दरमा थाेरै गिरावट भएकाे छ ।

नेपाल राष्ट्र बैंकले यसिदन प्रकाशन गरेकाे विदेशी विनिमय दर अनुसार अमेरिकी डलर १ डलरको खरिददर पनि १३० रुपैयाँ ६८ पैसामा झरेको छ । बिक्रीदर १३१ रुपैयाँ २८ पैसा रहेकाे।

बिहीबार अमेरिकी डलर हालसम्मकै उचाइमा पुगेकाे थियाे । अकेरिकी डलर १ डलरको खरिददर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेकाे थियाे ।

राष्ट्र बैंकले यसदिन भारतीय रुपियाँ १ काे खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैंसा रहेकाे जनाएकाे छ । अमेरिकी डलर १ काे खरिददर १३० रुपैयाँ ६८ पैसा र बिक्रीदर १३१ रुपैयाँ २८ पैसा रहेकाे छ ।

यूराे १ काे खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २९ पैसा कायम भएकाे छ । पाउण्डष्ट्रलिङ १ काे खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४० पैसा रहेकाे छ ।

स्वीस फ्यार्याङ्क १ काे खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८२ पैसा रहेकाे छ । अष्ट्रेलियन डलर १ काे खरिददर ८४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा कायम भएकाे छ ।

क्यानेनियन डलर १ काे खरिददर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा रहेकाे छ । सिङ्गापुर डलर १ काे खरिददर ९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ९१ रुपैयाँ २८ पैंसा रहेकाे छ ।