पिपुल्स हाइड्रोको सेयरमा म्याद थप, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असाेज । पिपुल्स हाइड्रोपावरको सेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले भदौ ३१ गतेदेखि आयोजनाबाट प्रभावित क्षेत्रका जनताका लागि ३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गरेकाे थियाे ।

सेयरमा आवेदन दिने म्याद थप भएपछि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर जारी गरेकाे हो । साे सेयरबाट आयोजनाबाट प्रभावित लमजुङकाे दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का जनताका लागि ९ लाख ६० हजार कित्ता रहेकाे छ ।  

यस्तै लमजुङका जनताका लागि २२ लाख ४० हजार कित्ता रहेकाे छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागिसम्म आवेदन दिन पाउनेछन् । यसका लागि ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखाबाट र हिलेमा भएकाे एक्टेन्सन काउन्टरबाट आवेदन दिन सकिनेछ।

यस्तै एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने भएकाे छ । सेबाेनबाट सी-आस्वा लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट पनि आवेदन दिन पाइनेछ ।

कियर नेपालले पिपुल्स हाइड्रोपावरको सेयरलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम छ भन्ने हाे ।

सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केटले रहेकाे छ ।