कुँडहर सहकारीले मनायाे १५औं स्थापना दिवस

-



     सफल आवाज    
     असाेज १५ गते २०७९ मा प्रकाशित



पोखरा, १५ असोज । पोखरा १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सहकारीले कुँडहर आधारभूत विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै अस्पताल चोकमा रहेको प्रहरी बिटलाई सात थान प्लाष्टिक कुर्ची सहयोग गर्ने भएको छ । २८ जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा हाल दुई हजार ६ सय बढी शेयर सदस्य आवद्व रहेका छन् ।

‘निकै संघर्षका साथ आजको अवस्थामा आइपुग्याै‌, सहकारीका अध्यक्ष विश्वबन्धु थापाले भने, हामी हाम्रो सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा स्थापित गर्ने कोशिस गरिरहेका छौं ।

विजय दशमीको शुभकामनासँगै आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य विमला थापा बस्नेतले सहकारीका लागि सहकार्य आवश्यक रहेको बताए।

त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसी, सहकारीका उपाध्यक्ष शिव बहादुर बराललगायतले बोलेका थिए।

कुँडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परिचालन उपसमितिका संयोजक गौतम थापाले स्वागत र सचिव सुरेन्द्र विनोद खनालले संचालन गरेका थिए ।