
काभ्रेपलाञ्चोक, १६ असोज । रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ । निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो ।
हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात सय ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ । “ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका तीन हजार सात सयको बीमा गर्ने योजना बनाएका हौँ”, गाउँपालिकाका प्रमुख दिनेश लामाले भने । लामाका अनुसार गाउँपालिकाको ६० वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको निःशुल्क बीमा गर्न थालिएको हो ।
लामाले भने, “चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।” बीमा कार्यक्रमअन्तर्गत एक ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्दा परिवारका चार जनाको बीमा हुने अभिकर्ता चेतबहादुर लामाले जानकारी दिए। उनका अनुसार घरघरमै पुगेर गाउँपालिकाको अभिकर्ताले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्नेछन् । तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्दा १८ हजार पाँच सय स्थानीयवासीको बीमा हुने जनाइएको छ ।
स्वास्थ्य बीमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत आकस्मिक सेवा, बहिरङ, अन्तरङ, एचआइभी, हेपटाइटिस, कुष्ठरोग, क्यान्सरलगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । रोशी गाउँपालिकमा छ हजार ३९ परिवारमा २३ हजार पाँच सय ५१ जना रहेका छन् ।
निःशुल्क बीमा कार्यक्रमले ज्येष्ठ नागरिकसहित गाउँपालिकाको कूल जनसङ्ख्याको ७८ दशमलव ५५ प्रतिशतलाई समेट्नेछ । यसअघि गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरी प्रदान गर्दै आएको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले गम्भीर प्रकृतिअन्तर्गत मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




