
काठमाडौं, १७ असोज। माछापुच्छ्रे बैंकले दसैंको बिदामा ग्राहककाे सुविधका लागि विभिन्न स्थानमा रहेका शाखाहरुबाट सेवा प्रवाह गरेकाे जनाएकाे छ । बैंकका अनुसार ग्राहक अत्यावश्यक कामका लागि सहज हाेस् भन्ने हेतुले दसैं काउन्टर खुल्ला गरिएकाे हाे ।
बैंकले असोज १६ गते विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरियामा रहेका शाखाहरु खुला गरेकाे थियाे ।
बैंकले आज असोज १७ गते इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, कास्कीकाे लेखनाथ, बगर, तनहुँकाे दमौली, दुलेगौँडा, बाँकेकाे नेपालगन्ज र धनगढीकाे हेन्द्रनगर शाखा खुला रहेका जनाएकाे छ ।
असोज १८ गते विराटनगर, बिर्तामोड, दमक, नारायाणटार, कलंकी, सूर्यविनायक, पर्सा, लेकसाइड, बागलुङ, भिमाद, आँबुखैरेनी, परासी र धनगढीमा रेहेकाे शाखा खुला हुनेछन्।
असोज १९ गते मुख्य टीकाकाे दसैंको दिन देशभर बैंकका शाखाहरु बन्द रहने बैंकले जनाएकाे छ । असोज २० गते बैंकका जनकपुर, राजविराज, डल्लु, पुल्चोक, दमौली, आईबीआईडी, महेन्द्रनगर, डडेल्धुरा, बनेपा र हाकिमचोकमा रहेका शाखाहरु खुल्ने भएका छन्।
असोज २१ गते बिर्तामोड, आदर्शनगर, चाबहिल, दुलेगैँडा, आँबुखैरेनी, वालिङ, नेपालगन्ज र राजपुरमा रहेका शाखाहरु खुल्नेछन् ।
कुन ठाउँकाे काउन्टर कुन समयमा खुल्ने हाे तलकाे सूचना पढेर जानकारी लिन सकिन्छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




