
काठमाडौं, २६ असोज । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । करिब ९ लाखले आईपीओ भरेपछि नेपाली सेयर बजारमा नै नयाँ रेकर्ड कायम भएको हो ।
सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा परेको आवेदनले नयाँ रेकर्ड कायम गरेको हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको छ ।
आइतबारदेखि इन्स्योरेन्सको शेयर बिक्री बन्द भएको छ। बिक्री बन्द भएपनि बैंकमार्फत आवेदन दिने लगानीकर्ताको आवेदन अझै थप हुनेछ। यसकारण अन्तिम नतिजा आँउदा यसको संख्या अझै बढ्न सक्छ। इन्स्योरेन्सको शेयरमा हालसम्मकै धेरै आवेदन परेको छ। आईपिओमा लगानी गर्ने लगानीकर्ताको संख्या दैनिक बढ्दो छ। यसैकारण हरेक सार्वजानिक निष्काशनमा आवेदन गर्ने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



