डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

-



     सफल आवाज    
     असाेज २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ असोज । पछिल्ला दिनहरुमा अमेरिकी डलरको भाउमा बृद्धि हुने क्रम जारी छ । अघिल्लो दिन शुक्रबार बढेर १३१ रुपैयाँ ३२ पैसामा पुगेको डलरको भाउ शनिबार पुनःबढेर १३२ रुपैयाँ २ पैसा भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शनबिारका लागि अमेरिकी डलर सटहि गर्ने सोंचमा रहेका जो कोहिका लागि खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ २ पैसा पुगेको छ ।

असोज २२ को लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यूरो १ खरिददर १२८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ११ पैसा रहेको छ ।

स्वीसफ्रयांक १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ रुपैयाँ रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४० पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७ पैसिा र बिक्री दर ९ रुपैयाँ ११ पैसा रहेको छ । चाईनीज यूआन १ को खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।