आशा लघुवित्तले ल्यायाे संस्थापक सेयर आजदेखि बिक्रीमा

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



 काठमाडौं, २३ असाेज । आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक सेयर बिक्री खुल्ला गरेकाे छ । लघुवित्तले आजदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

संस्था संस्थापक सेयरकाे प्रतिकित्ता सेयरमूल्य रुपैयाँ ३९५ ताेकिएकाे छ । सेयर लगानीकर्ताले यहि मूल्यलाई आधार बनाएर यसभन्दा बढी मूल्य बाेलकबोल गरेर आवेदन दिनुपर्ने छ।

संस्थापक सेयर खरिदका लागि संस्था संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति, कम्पनी वा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरमा आवेदन दिने म्याद असोज ३१ गतेसम्म रहेकाे छ ।  

सेयर लगानीकर्ताले घटीमा १ हजार कित्ता वा बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउने भएका छन । सेयरमा लगानी गर्नका लागि लगानीकर्ताले काठमाडौं, कमलादीमा रहेकाे प्रभु क्यापिटल लिमिटेडमा बाेलकबाेल गरिएकाे आवेदन पेश गर्नुपर्ने छ।