सुनचाँदीको भाउमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असोज । दशैंका ९ दिन सार्बजनिक बिदा पछिको पहिलो कारोबारको दिन आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ ३००० ले बृद्धि भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ ८५ ले बृद्धि भएको छ ।

यसदिन छापावाल सुन ताेलामा रुपैयाँ ३००० ले बढेर तोलाको ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि अन्तिम कारोबार भएकाे दिन असोज १४ गते तोलाको ९३ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३००० ले बृद्धि भएर तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि असोज १४ गते तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ८५ ले बृद्धि भएर तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । सेतो धातु चाँदीकाे असोज १४ गतेको कारोबार तोलाको १ हजार १७० रुपैयाँमा भएको थियो ।