दसैंपछिकाे पहिलाे दिन ४४.६२ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असाेज । दशैं बिदाकाे ९ दिनपछि आजबाट खुलेको सेयरबजारमा हरियाली छाएकाे छ । सेयर बजारमा छाएकाे हरियालीले लगानीकर्ताकाे मनाेबल उच्च बनाएकाे छ । साताकाे पहिलाे काराेबार हुने दिन आइतबार सेयर बजारकाे माहाेल सकारात्मक बन्ने लगानीकर्ताकाे अपेक्षा पूरा भएपनि यसले निरन्तरता लिने कुरा महत्वपुर्ण हुनेछ । जाे भविश्यका दिनहरुले देखाउनेछ ।

आज शुरु भएको सेयर बजारकाे सकारात्मक माहाेल प्रत्यक्ष निर्वाचनकाे मनाेनयनपत्र दर्ताकाे दिनमै परेकाे छ । मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधसभा निर्वाचनकाे सिलसिलामा हुने आर्थिक काराेबारले बजारमा टेवा पुग्ने बिश्वास बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जले नेप्से परिसूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा चढेकाे जनाएकाे छ । नेप्सेमा २.४१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.७८ अंकले बढेर ३७२.२१ विन्दुमा पुगेकाे छ । 

यसदिन कूल २२४ वटा कम्पनीकाे सेयर काराेबार भएकाे छ । २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्रीबाट ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ । सबैकाे सेयर बढेकाे छ । उनीहरुमध्ये फाइनान्स समूहकाे सेयरमूल्य धेरै बढेकाे छ ।

यसदिन हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयर सबैभन्दा बढी बिक्री भएकाे छ । साे संस्थापक सेयर २२ कराेड ६९ लाख ८१ हजार ७४४रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेर २ सय ३० रूपैयाँ ९० पैसा भएकाे छ।

यसदिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डकाे मूल्य ४.४८ प्रतिशतले घटेर ८ रूपैयाँ ३१ पैसा कायम भएकाे छ ।