जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ असोज । जनरल इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको हो । नेप्सेमा शेयर सुचिकृत भएपछि कम्पनीको शेयरको कारोबार शुरु हुने भएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटललाई तोकिएको छ । यसपछि कुमारी क्यापिटलले जनरल इन्स्योरेन्सको धितोपत्र कारोबारको अभिलेख राख्ने काम गर्ने भएको छ । योसंगै शेयर दाखिल वा खारेज गर्ने, नाम सारी तथा शेयरधनीहरुको सूची चुस्तदुरूस्त पार्ने लगायतका सबै काम गर्ने भएको छ ।