सुनचाँदीको भाउ घट्ने क्रम यथावत्

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ असोज । आज दोश्रो दिन पनि सुनचाँदीको भाउ ओरालो लागेको छ। यसदिन छापावाल सुनमा रुपैयाँ १२०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार छापावाल सुनमा रुपैयाँ १२०० ले गिरावट भई तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनमा रुपैयाँ ८०० ले गिरावट भई तोलाको ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन १२०० ले गिरावट भएर तोलाको ९३ हजार ५०० मा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनमा रुपैयाँ ८०० ले घटेर तोलाको ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीमा रुपैयाँ २५ ले गिरावट भएर तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।