
काठमाडौं, २५ असोज । सेयर बजार आज पनि ओरालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्से परिसूचकसंगै कारोबार रकममा पनि निकै गिरावट देखिएको छ ।
लामो समयदेखि नेप्सेमा परिरहेको नकारात्मक प्रभावले लगानीकर्ताहरुको मनोबल बढ्न सकेको छैन । साथै सेयर बजारले सकारात्मक लयलाई कहिले पछ्याउला यो भने भविष्यको गर्भमै रहेको छ । अर्थ क्षेत्रको यस्तो दूरावस्थाले आर्थिक क्षेत्रमा भईरहेको अवन्नति भन्दा फरक पर्दैन।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १६.९१ अंकले ले घटेर १८५४.३१ विन्दुमा झरेको छ । नेप्सेमा ०.९० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२६ अंकले घटेर ३६३.५८ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । १६ लाख ६३१ कित्ता सेयरको खरिदबिक्रीबाट ४९ करोड ७४ लाख २९ हजार ३९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये म्युभअल फण्ड बाहेक सबैमा रातो लागेको छ । उनीहर सबैको सेयरमूल्य घटेको छ । म्युचुअल फण्डको झिनो ०.०५ अंकले बृद्धि भएको छ ।

आज बैंकिङतर्फ ९.४९ अंकले घटेको छ । व्यापारतर्फ ११.८४ अंकले, होटल तथा पर्यटनतर्फ ९.१३ अंकले र विकास बैंकतर्फ ४०.७४ अंकले घटेको छ ।
यस्तै हाइड्रोपावरतर्फ २७.७ अंकले, फाइनान्सतर्फ १६.३६ अंकले, नीर्जिवन बीमातर्फ ७४.४२ अंकले, उत्पादनतर्फ ४१.५४ अंकले, अन्यतर्फ १२.२८ अंकले घटेको छ । माइक्रोफाइनान्सतर्फ २४.५४ अंकले, जीवन बीमातर्फ ८०.५९ अंकले र लगानीतर्फ ०.८९ अंकले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको २ करोड ८७ लाख २१ हजार ६६५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। विन्ध्याबासिनी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४१ रूपैयाँ ५० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




