
काठमाडौं, २६ असोज । गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ। इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे ।
सेयरमूल्य समायोजनपछि इन्स्योरेन्सको सेयरमूल्य ४५१ रुपैयाँ ४० पैसा कायम गरिएको छ। अघिल्लो दिनकाे कारोबारकाे भएकाे अन्तिम मूल्यकाे आधारमा सेयरमूल्य समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ ।
मंगलबार गुराँस इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीले आगामी कार्तिक ४ गते साधारणसभा डाकेकाे छ । सभा प्रधान कार्यलयमा पूर्वान्ह ११ बजे अनलाइनमार्फत हुने भएकाे छ ।
सभाबाट युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जानका लागि स्वीकृति दिने र यसका बारेमा सञ्चालक समितिले गरेका निर्णयहरु पारित गरिने भएकाे छ ।
यस्तै कम्पनीकाे हाल कायम चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनश सेयर र त्यसकाे कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभांशसहित ७.८३४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छलफलपछि पारित हुने गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




