बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




काठमाडौं, २७ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा १० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन नभई स्थिर भाउमा कारोबार भईरहेको छ । आज सुनको भाउ बुधबारकै तोलाको ९४ हजार २०० रुपैयाँमा करोबार भईरहेको छ ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको ९३ हजार ७०० रुपैयाँ कारोबार भईरहेको छ । यसअघि बुधबार तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।