सुनचाँदीको भाउ घट्ने क्रममा निरन्तरता

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएकाे छ । यसदिन छापावाल सुनमा तोलाको १००० ले र सेतो धातु चााँदीमा रुपैयाँ २५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १००० ले गिरावट भएर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आईतबार तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भई तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।