लाभांश पारित गर्न कुमारी बैंकले बाेलायाे साधारण सभा

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असाेज । कुमारी बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न कात्तिक २१ गते २२औं साधारण सभा डाकेकाे छ। नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँगै मर्जर प्रक्रियामा रहेको बैंकले साधारणसभा नक्शालस्थित कार्यालयमा डाकेकाे हाे ।

सभाबाट सामाजिक उत्तरदायित्वका क्षेत्रमा भएकाे खर्चलाइ पारित गर्ने, मर्जरका लागि सञ्चालक समितिले गरेका निर्णयहरु र मर्जर तथा एक्विजिशनका बारेमा थप कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई त्यसकाे अख्तियारी दिनेलगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएकाे छ। यस्तै सभामा १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ ।

साधारण सभालाइ मध्येनजर गर्दै बैंकले कात्तिक १४ गते बुकक्लोज गर्ने बताएकाे छ। बैंक मर्जरकाे प्रक्रियामा रहेकाेले सेयर बजारकाे कारोबार बन्द भएकाे छ।

असोज १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गरी कायम सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।