सुनको भाउ बढ्यो,चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असोज । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज छापावाल सुनमा तोलाको २ सय रुपैयाँले वृद्धि भएको छ । चााँदीको भाउ भने आइतबारको सरह नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनमा पनि २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी तोलाको १ हजार १६० रुपैयाँमै कारोबार भएको थियो ।