नेप्से २.६१ अंकले घट्याे, सेन्सेटिभ इण्डेक्स ०.२० अंकले बढ्यो

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सेयर बजारमा २.६१ अंकको गिरावट देखिएको छ । यसरी घटेको नेप्से परिसूचक १८५८.३३ विन्दुमा ओर्लिएको छ ।

नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स झिनो अंकले बढेको छ । यो ०.२० अंकले बढेर ३६५.६२ विन्दुमा पुगेको छ ।

बैंकहरुले कार्तिक महिनामा ब्याज नबढाउने कुरा बाहिर आएसंगै सेयर बजारमा त्यसको प्रभाव परेको देखिएको छ । यसैको कारण १३ उपसमूहरुमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । यसले लगानीकर्ताको मनाेवल बढाउन सहयोग पुगेको बताईएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन कुल २१९ कम्पनीको सेयर कारोबार भएको छ । १६ लाख ३१ हजार ३४९ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ५१ करोड ५८ लाख १८ हजार ९९० कित्ता सेयरको खरिदबिक्री भएको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ७ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको २ करोड ७९ लाख १९ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ८ रूपैयाँ पुगेकाे छ। यस्तै सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९६ प्रतिशतले बढेर २ सय १४ रूपैयाँ २० पैसा पुगेकाे छ । पिपुल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेर २ सय ३० रूपैयाँ २० पैसा कायम भएकाे छ ।