सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गर्दै

-



     सफल आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। दुबै कम्पनी एकापसमा गाभिएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गरिने भएकाे हाे ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्नका लागि बीमा समितिले असोज १४ गते अन्तिम स्वीकृति दिएकाे थियाे । यस्तै कम्पनी रजिष्ट्रारकाे कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएकाे थियाे । उनीहरुबबीच यसअघि असार २९ गते मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएकाे थियो ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स गाभिएपछि उनीहरुले सानिमा जिआईसी इन्स्याेरेन्सकाे नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । यसैका लागि दुवै कम्पनीको असोज ११ गते साधारणसभा बसेकाे थियाे । बैठकले मर्जरमा जाने प्रस्तावलाई पारित गरेकाे थियाे । दुबै मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का रहेकाे छ । 

अहिले सानिमा जनरल इन्स्याेरेन्सको चुक्ता पूँजी रुपैयाँ १ अर्ब र जनरल इन्स्याेरेन्सको रुपैयाँ १ अर्ब रहेको छ । बीमा समितिले गएकाे चैत १० गते गरेकाे निर्देशनमा एक वर्षभित्र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने भनिएकाे थियाे।