सुनचाँदीको भाउमा सामान्य वृद्धि, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाल बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । यसदिन सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ १०० ले बढेर तोलाको ९२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।