प्रि ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । आज बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार सार्वजनिक बिदा परेकाले अघिल्लो कारोबार दिन सोमबार २.६१ अंक घटेर १८५८.३३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसनमा ०.३० अंक घटेर १८५८.०३ विन्दुमा झरेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.११ अंकको बढोत्तरी भएको छ ।

आज बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ७ हजार ९१३ रुपैयाँ बराबरको १ हजार १३० कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यीमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ ।