सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाल बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । आज सुनमा २ सय रुपैयाँ तथा चाँदीमा ५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनमा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि आज २ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि आज ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।