प्रि-ओपन सेसन : नेप्सेमा ०.१४ अंककाे गिरावट

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौंं, ३ कात्तिक । साताकाे सेयर काराेबार हुने पाँचाै दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१४ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १८४५.३८ विन्दुमा राेकिएकाे नेप्सेले जनाएकाे छ । सेन्सेटिभ इण्डेक्स भने ०‌‍‍.११ अंकले बढेर ३६३‍.०७ विन्दुमा पुगेकाे छ ।

यस समयमा ३ लाख २५ हजार ७२५ रुपैयाँकाे सेयर खरिदबिक्री भएकाे। १२ वटा कम्पनीहरुको ९३५ कित्ता सेयर खरिदबिक्री भएकाे हाे । कुल २७ वटा कारोबार भएकोमा ६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । अन्यकाे सेयरमूल्य स्थिर रहेकाे छ ।