
काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्समा भित्रिएको छ । । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको स्थूल तथ्याँक अनुसार भदौसम्ममा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा त्यसको ठिक १ वर्षअघिको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा ५.८ प्रतिशतले कमी आएको थियो ।
वैदेशिक रोजगारी र रेमिट्यान्स अन्योन्याश्रित सम्बन्ध छ । रेमिट्यान्सको प्रमुख आधार वैदेशिक रोजगारीमा जानेहरु हुन् । सामान्यतया वैदेशिक रोजगारीमा जाने र गएकाको सङ्ख्या बढ्दा उनीहरुले पठाउने रकममा पनि वृद्धि हुने हुँदा रेमिट्यान्स रकम बढ्ने गरेको छ ।
यो २ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बढेर १ लाख ०३ हजार ८९८ पुगेको छ । यस्तै यही २ महिनामा नै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७०.६ प्रतिशतले बढेर ३९ हजार १८९ पुगेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




