नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफामा वृद्धि, ईपीएस कति ?

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ७ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे खुद नाफामा बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ५६.४६ प्रतिशतले बढेकाे छ।

गत वर्षकाे भन्दा यस अवधिमा बैंकको खुद नाफामा ५६.४६ प्रतिशतले बढेकाे छ। यसरि बढेकाे खुद नाफा ३७ करोड ८६ लाख रुपैयाँ रहेकाे छ।

बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बृद्धि भएकाे हो। खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ । खुद फि र कमिशन आम्दानी २९६.८८ प्रतिशतलेबढेकाे छ।

बैंकको कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत रहेकाे छ भने सञ्चालन मुनाफामा ५६.४६ प्रतिशतले बृद्धि भएकाे छ। असोजसम्म वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ। चुक्ता पूँजी ८ प्रतिशत बढेको छ । जगेडा कोषमा भने २०.११ प्रतिशतले घटेको देखिन्छ। निक्षेपमा ३२.६९ प्रतिशत र कर्जामा २६१.६३ प्रतिशतले बृद्धि भएकाे छ।