सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको थियो । चाँदीकाे भाउ पनि शुक्रबारको तुलनामा ४५ रुपैयाँले बढेको थियो । आज सोमबार पनि सुन तथा चाँदीको भाउ आइतबारको सरह नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावालआइतबारको तुलनामा स्थिर रही ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनमा पनि आइतबारको सरह नै ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि शुक्रबार तेजाबी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन । आइतबार १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार २१५ रुपैयाँमा नै किनबेच भइरहेको छ ।