सुन र चाँदी दुवैको भाउ घट्यो

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कार्तिक । तिहारको बिदा अवधिभर बन्द रहेको नेपाली सुनचाँदी बजारमा सुनचाँदीको कारोबार आज आईतबार बाट खुलेको छ ।

नेपाली सुनचाँदी बजारमा तिहार पछि खुलेको पहिलो दिनको पहिलो कारोबार भने ऋणात्मक देखिएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १००० तथा सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि कार्तिकको ७ गते सुनचाँदीको अन्तिम कारोबार भएको दिनमा छापावाला सुन तोलाको रुपैयाँ ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भई तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । कार्तिक ७ गते तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । कार्तिक ७ गते सेतो धातु चाँदी तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।