नेप्सेमा छायो हरियाली, १ अर्ब २९ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ कार्तिक । बैंक तथा वित्तीय संस्थाहरुको धमाधम पहिलो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक भईरहेको बेला नेप्सेको यात्रा उकालोतर्फ लागेको छ ।

लामो समय नकारात्मक बन्दै आएको नेपाली सेयर बजारमा छाएको हरियालीले लगानीकर्ता उत्साही भएका छन् । अब बजारमा सुधार आउने उनीहरुको अपेक्षा रहेको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार नेप्सेमा अर्धशतकको बढोत्तरी देखिएको छ । नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको छ ।

नेप्सेमा यसदिन २.९९ प्रतिशतको बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको छ । यसदिन कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ३९ लाख ७१ हजार ५९४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहरु सबैमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी एनआईसि एशिया बैंकको कारोबार भएको छ । बैंकको ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।