
काठमाडौं, १६ कार्तिक । कर्पोरेट डेभलपमेन्ट बैंककाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफामा ६४२.२५ प्रतिशतले बढेकाे छ । बैंककाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे वर्षकोभन्दा बैंकको खुद नाफामा बृद्धि भएकाे हाे ।
यस अवधिमा बैंकले ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। याे नाफा गएकाे वर्षकोभन्दा ६४२.२५ प्रतिशतले बढी हाे । गएकाे वर्ष बैंककाे खुद नाफा रु ११ लाख ५५ हजार रहेकाे थियो। बैंकको खुद ब्याज कमाइ बढेपछि र इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि खुद नाफा बढ्न गएकाे हाे ।
बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसाबाट बढेर ६ रुपैयाँ ८६ पैसा भएकाे छ। असोजसम्म मूल्य आम्दानी रेसियाे १५१.०५ गुणा रहेको छ । नेटवर्थ भने ३४९ रुपैयाँ ४७ पैसा छ।
यस अवधिमा बैंकको चुक्ता पूँजी स्थिर देखिएकाे छ । जगेडामा ४.४९ प्रतिशत बृद्धि भएकाे छ भने निक्षेपमा ३६.५६ प्रतिशतले बढेकाे छ । कर्जामा ०.८१ प्रतिशत बृद्धि भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




