सुनचाँदीको भाउ बढ्यो

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा बृद्धि भएको छ । यसदिन छापावाल सुन तोलामा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ५०० ले बढेर तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलामा रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५०० ले बढेर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुनमा तोलामा रुपैयाँ १०० ले बढेर तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएर तोलाको १ हजार २१५ मा कारोबार भएको थियो ।